प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ बाट संक्रमित भएका छन्। मुख्यमन्त्रीसहित उनका परिवारका सदस्य, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारी लगायत १६ जनाको पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनामा कोभिड सङ्क्रमण देखिएको हो।

पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ।

उनीहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरेको जानकारी दिइएको छ।

साउन १७, २०७९ मंगलबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।