खोला तर्दा बगाएकी श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

कपिलवस्तु : अविरल वर्षापछि आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ। श्रीमानको अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए।
वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनालाई खोला तर्ने क्रममा बगाएको थियो।
उनीहरुसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए।
बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताएका छन्।
साउन १७, २०७९ मंगलबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।