तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।

साउन १७, २०७९ मंगलबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।