त्रियुगा खोलाले बगाएर एक जनाको मृत्यु

उदयपुरः त्रियुगा नगरपालिका-७ कुबिण्डेका ५० वर्षीय बौवा चापागाईंलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ। सोमबार बेलुका मुर्कुची बजारबाट घर फर्कँदै गरेका चापागाईंलाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक खोलाले बगाएको थियो।
खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी सुकौराबाट खटिएको टोलीले खोजतलास गरेको थियो। त्यस क्रममा खोलाले बगाएका चापागाईंलाई बगाएको स्थानभन्दा करिब एक किलोमिटर तल मृत अवस्थामा फेला पारिएको थियो।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
साउन १७, २०७९ मंगलबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।