तेह्रथुममा छोराले कुट्दा बुवाको मृत्यु

तेह्रथुममा छोराले कुट्दा बुवाको मृत्यु
तस्बिर: छोरा टंक भण्डारी । स्रोत: १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर

तेह्रथुमः छथर गाउँपालिका- ५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ। आज बिहान सवा ६ बजे भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले अचानक बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले घाइतेलाई उपचारको लागि छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनामा संग्लग्न छोरा टंक भण्डारी फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

साउन १७, २०७९ मंगलबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।