लिग जितेपछि किरणले मैदानमै गरे प्रेमिकालाई विहेको प्रस्ताव [भिडियोसहित]

लिग जितेपछि किरणले मैदानमै गरे प्रेमिकालाई विहेको प्रस्ताव [भिडियोसहित]

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चम्जोङले मैदानमै प्रेमिकालाई विहेको प्रस्ताव गरेका छन्। माल्दिभ्समा धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले प्रेमिका कञ्चन निरौलालाई मैदानमा ल्याएर विहेको प्रस्ताव गरेका हुन्।

उक्त प्रस्ताव कञ्चनले स्वीकार पनि गरिन्। किरणले लिगको उपाधि जितेको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनको सम्पूर्ण खेलाडीसामु प्रस्ताव राखेका थिए। इङ्गेजमेन्ट रिङ र ब्याकग्राउण्डमा 'विल यु म्यारी मि?' बोलको गीत बजेकाले यो विहेकै प्रस्ताव भएको बुझ्न सकिन्छ।

किरणले आज इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै आफ्नो प्रेमिका र विहेको प्रस्ताव गरेको बारे सार्वजनिक गरेका हुन्।

किरणकी प्रेमिका कञ्चन एयर होस्टेस हुन्। उनीहरू डेढ वर्षदेखि प्रेममा रहेको बताइएको छ।

यस्तै यस लिगमा किरणले उत्कृष्ट गोलकिपरको उपाधि पनि जिते।

साउन १७, २०७९ मंगलबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।