पहिरो खस्दा मेलम्ची–१० मा सडक अवरुद्ध

पहिरो खस्दा मेलम्ची–१० मा सडक अवरुद्ध

काठमाडौंः अविरल वर्षाका कारण आएको पहिरोले मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

अहिले पनि वर्षा भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसीबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए।

पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने उनको भनाइ छ। पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिकासहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ।

साउन १७, २०७९ मंगलबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।