प्रदेश १ देखि लुम्बिनी प्रदेशसम्मका केही स्थानमा भीषण वर्षा हुने

प्रदेश १ देखि लुम्बिनी प्रदेशसम्मका केही स्थानमा भीषण वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

यतिबेला देशका प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

साउन १७, २०७९ मंगलबार ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।