आज नाग पञ्चमी, घरमा नागको तस्बिर टाँसेर मनाइँदै

काठमाडौंः आज नाग पञ्चमी रहेको छ। श्रावण शुक्ल पञ्चमीमा मनाइने यस पर्वका अवसरमा घरमा नागको तस्बिर टाँस्ने गरिन्छ।
यस दिन नागको पूजा गरे वर्षभरि सर्पलगायतका जीवले दुःख दिँदैनन् भन्ने विश्वास गरिन्छ।
यस्तै नागलाई सर्पको राजा पनि मानिन्छ। र नाग रिसाएमा वर्षा रोकिने, खडेरी हुने भएकाले पनि नागलाई खुशी पार्न पूजा गर्ने चलन सुरु भएको विश्वास गरिन्छ।
नागलाई भगवान् विष्णु र शिवका रूपमा मान्ने प्रचलन पनि छ। शिवले नागको माला लगाउने र विष्णु शेष नागको शय्यामा शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने पनि गरिन्छ।
आज विशेषगरी काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशभरका नागदहमा पूजा गरिन्छ।
साउन १७, २०७९ मंगलबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।