बेनेलीको आयोजनामा मोटो भ्लगर सम्मेलन भयो

काठमाडौँ : बेनेली नेपालले मोटो भ्लगर्स सम्मेलनको आयोजना गरेको छ। शनिबार आयोजित बेनेली मोटो भ्लगर्समा ४० भन्दा बढी मोटो ब्लगर्सहरू सहभागी थिए।
भेलामा मोटो भ्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरूबारे जानकारी दिएको थियो। मोटो भ्लगर्सहरूले आफ्नो यात्रा अनुभव बाँडेका थिए।
बेनेलीले कार्यक्रममा आफ्ना विभिन्न फ्ल्यागशिप मोडलहरू समेत प्रदर्शन गरेको थियो। बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ मा भएको हो। योसबैभन्दा पुरानो दुई इटालियन मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो। यसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकलमात्र नभई प्रिमियम स्कुटरहरू पनि प्रदान गर्ने गरेको छ।
नेपालमा केटीएम इन्टरनेशनल ट्रेडिङ प्राली बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो।
साउन १६, २०७९ सोमबार २२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।