आइएमई पे एपले टप–अपमा ल्यायो नयाँ क्यासब्याक अफर

काठमाडौँ : आइएमई डिजिटल सोलुसन लिमिटेडको 'आइएमई पे'ले मोबाइल रिचार्जमा नयाँ अफर अद्यावधिक गरेको छ। आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीसँगै अन्य सबै भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उसले यसै सेवामा थप प्रवर्द्धन गर्ने उद्देश्यका साथ मोबाइल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको हो।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो। थप अफरपछि सेवाग्राहीहरूले 'आइएमई पे' एपबाट अर्को मोबाइल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पाउनेछन्।
क्यासब्याक अफर पाउने एक जना विजेताले पहिलो महिनामा 'वान प्लस टेन प्रो' स्मार्टफोन पाउने कम्पनीले जानकारी दिएको छ। त्यसका लागी सेवाग्राहीले महिनाभरमा कम्तीमा ५० रुपैयाँको १० वटा टप–अप गर्नुपर्ने नियम तथा सर्त रहेको कम्पनीले जानकारी दिएको छ।
साउन १६, २०७९ सोमबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।