तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य आज ९४ हजार ९०० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी आज एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेको हो।

साउन १६, २०७९ सोमबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।