सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौंः सानिमा बैंकको मोबाइल बैंंकिङ एप चलाउन अब निःशुल्क उपलब्ध हुने भएको छ। 'नो इन्टरनेट, नो प्रब्लम' योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध हुने भएको हो।
यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने छन्। जसबाट ग्राहकले फण्ड ट्रान्सफर, बिल भुक्तानी, क्यु आर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने छन्।
यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ। सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको जनाएको छ।
साउन १६, २०७९ सोमबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।