खराब मौसमका कारण चार दिनदेखि हुम्लामा भएन हवाई उडान

खराब मौसमका कारण चार दिनदेखि हुम्लामा भएन हवाई उडान

काठमाडौंः हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध छ। बाक्लो बादल साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो।

उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्य वस्तु आयात हुन सकिरहेको छैन्।

यस्तै जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताए। सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायत सामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताएका छन्।

तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ। 

साउन १६, २०७९ सोमबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।