
बिहीबार ०१ साउन, २०८२
मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीले जित्यो ट्रफी डेस च्याम्पियन्स्को उपाधि

काठमाडौंः फ्रेन्च क्लब पीएसजीले ट्रफी डेस च्याम्पियन्स्को उपाधि जितेको छ। गए राति सम्पन्न खेलमा पीएसजीले नान्टेसलाई ४-० गोलअन्तरले पराजित गरेको हो।
चारमध्ये दुई गोल नेयमारले गरे। एक गोल मेस्सीले गरे। यस्तै सर्जियो रामोसले एक गोल गरे।
गोलको खाता मेस्सीले खोले। उनले २२औं मिनेटमा गोल गरेका थिए। नेयमारले पहिलो हाफको इन्जुरी समयमा गोल थपे। यस्तै ५७औं मिनेटमा रामोसले तेस्रो गोल र ८२औं मिनेटमा पेनाल्टीमार्फत नेयमारले गोल गर्दै उपाधि जिताएका हुन्।
साउन १६, २०७९ सोमबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।