विप्लव, प्रकाण्डसहित नेकपाका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंः ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहित पार्टीका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले साउन ६ गतेको आदेशअनुसार आज पुर्जी जारी गर्दै ३५ दिनभित्र अदालतमा उपस्थित हुन समेत निर्देशन दिएको छ।
जसअनुसार विप्लवलाई विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध र हातहतियार तथा खरखजाना समेतको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ।
पक्राउ पुर्जी जारी गरिनेमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, मोहनबहादुर कार्की, भरतबहादुर बम, टेकबहादुर केसी, पदमबहादुर राई, सन्तोष बुढामगर, नवीन विश्वकर्मा, उदयबहादुर चलाउने लगायत नेताहरू रहेका छन्।
सो समूहमाथि सुकेधारा र घट्टेकुलोमा भएको सिलिण्डर बम विस्फोट, एनसेल कार्यालयअगाडि भएको विस्फोट लगायत थुप्रै मुद्दा रहेको छ।
साउन १६, २०७९ सोमबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।