अरनिको राजमार्गको सडक २० मिटर भासियो, चीनतर्फ आउने-जाने सवारी रोकिए

काठमाडौंः अरनिको राजमार्गअन्तर्गतको सडक भासिएको छ। अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- ४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो।
सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ। सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
साउन १६, २०७९ सोमबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।