नवलपरासीको बर्दघाट र डण्डा क्षेत्रमा ६ घण्टामा भीषण वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौंः बाढी पूर्वानुमान महाशाखाले आज नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।पछिल्लो ६ घण्टामा यो क्षेत्रमा भीषण वर्षा मापन भएकाले यस्तो आग्रह गरिएको हो।
सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ। तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरिएको हो।
साउन १६, २०७९ सोमबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।