पोखरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, ट्रक मालिकको दुवै हात र खुट्टा जले

पोखराः हेम्जामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ हेम्जास्थित पोखरा–बाग्लुङ सडकखण्डमा पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग१७प १९७० मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय मोटरसाइकल चालक नवराज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका नेपालीलाई उद्धारगरी मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक खड्काले बताए।
उनका अनुसार आगो निभाउने क्रममा दुवै हात र दुवै खुट्टा जलेर घाइते भएका ट्रकमा मालिक पोखरा–२५ हेम्जाका ४१ वर्षिय क्षेत्रबहादुर कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ।
ट्रक चालक पोखरा लामापाटनका २४ वर्षीय किरण बुढा मगरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
साउन १६, २०७९ सोमबार ०९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।