नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा, रातिदेखि पानी परेकाले सावधानी अपनाउन आग्रह

नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा, रातिदेखि पानी परेकाले सावधानी अपनाउन आग्रह
फाइल तस्बिर

काठमाडौंः पहिरोले अवरुद्ध बनाएको नारायणगढ–मुग्लिङ सडक पहिरो पन्छाएर दुईतर्फी सुचारु भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो।

दुई वटा जेसीभी प्रयोग गरेर पहिरो पन्छाइएको र सवारी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। 

साउन १६, २०७९ सोमबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।