मदिरा पिएर स्कुल बस चलाउँछन् चालक, पाँच जना परे ट्राफिकको चेकिङमा

काठमाडौँ : विद्यालयका सवारी चालकहरूले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको खुलेको छ। ट्राफिक प्रहरीले विद्यालयका सवारीसाधन चलाउने चालक केन्द्रित परीक्षण गर्दा उनीहरूले मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पुष्टि भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार साउन ८ गते देखि स्कुल बस निर्देशिका २०७४ अनुसार ट्राफिकले विद्यालयको बसका चालक केन्द्रित परीक्षण सुरु गरेको थियो। यो बिचमा ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरू कारबाहीमा परिरहेका छन्।
साउन १५ काठमाण्डौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरिएको उनले बताए। त्यसमा विभिन्न स्कुलका पाँच वटा चालकहरूले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाएको भेटिएको उनले जानकारी दिए।
साउन १५, २०७९ आइतबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।