ओप्पोको स्मार्टफोन ‘ओप्पो ए ७७’ नेपाली बजारमा, यस्ता छन् विशेषता 

ओप्पोको स्मार्टफोन ‘ओप्पो ए ७७’ नेपाली बजारमा, यस्ता छन् विशेषता 

काठमाडौँ  : ओप्पोको स्मार्टफोन सिरिज ओप्पो ए७७ नेपाली बजारमा आएको छ। कम्पनीले ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यसमा उच्च सुरक्षा मापदण्ड अपनाइएको छ। 

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले अग्रणी प्रविधिहरूका साथ, ओप्पो सबैको माग पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए। 

के-के छ यसमा ?

क्यामेरा  : यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फी क्यामेरा छ। भिडियोहरूको लागि, यसले पछाडि र अगाडि दुवै क्यामेराबाट एक हजार ८० पिमा भिडिया खिच्न सक्छ । 

डिस्प्ले : यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एस प्यानल छ। डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटर ड्रप नोच छ। फोनको माथिल्लो भाग र साइड बेजेल न्यूनतम छन् र तलको भाग अलि ठुलो छ ।  

हार्डवेयर क्वालिटी : ओप्पोए७७मा मिडिया टेक हेलियो जी३५ ४ जीवी¥यामर १२८ जिबीईन्टर्नल स्टोरेजको सुविधा छ। हेलियो जी ३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपियु र पावर भीआर जीई८३२०जिपीयु भएको १२ एनएम चिपसेट हो। 

पर्फमेन्स : कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ। ओप्पो ए७७ ४ जी फोनमा ५००० एमएएच् ब्याट्रीसँग आउँछ र ग्क्द्य–सी पोर्ट मार्फत ३३ वाट  द्रुत चार्जिङलाई समर्थन गर्दछ।

गोपनीयताको संरक्षण : फोटो वा भिडियोहरू सार्वजनिक गर्दा, भौगोलिक जानकारी र अन्य फोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सकिने सुविधा छ। गोपनीयता ड्यासबोर्डले २४ घण्टामा क्यामेरा, माइक्रोफोन र स्थान जानकारी सहित व्यक्तिगत डेटामा कुन–कुन एप प्रयोग गरेको छ भनेर हेर्न सकिने सुविधा छ।

साउन्ड क्वालिटीमा गुणस्तरीयता : यसमा डुअल स्टेरियो स्पिकरहरू छन्। जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ। सुपर भोल्युम मोडमा, डुअल–स्पिकर फोनले सबै आवाजहरू भेट्न सक्छ। 

साउन १५, २०७९ आइतबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।