सानिमाका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

सानिमाका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

काठमाडौँ : सानिमा बैङ्कका ग्राहकहरूले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने सुविधा थपिएको छ। बैङ्कका ग्राहकहरूले नमस्ते पे वालेटबाट बैङ्कको मोबाइल बैंकिङ्ग लगइन गरेर रकमान्तर गर्न सक्ने सुविधा थपिएको हो।

बैङ्कले ग्राहकहरूका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको व्यवस्था चाँडै उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ।

बैङ्कको मोबाइल बैंकिङ्ग एपबाट ई सेवा, खल्ती र नमस्ते पे वालेट गरी तीन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ। सानिमा बैङ्कको देशभर १ सय २७ कार्यालय र १ सय २० वटा एटिएम सञ्जाल छन्।

साउन १५, २०७९ आइतबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।