अब बागमती प्रदेशको सार्वजनिक बस चढ्दा पैसा नचल्ने, प्रिपेड कार्ड लागु गर्दै प्रदेश सरकार

अब बागमती प्रदेशको सार्वजनिक बस चढ्दा पैसा नचल्ने, प्रिपेड कार्ड लागु गर्दै प्रदेश सरकार

काठमाडौँ : बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीमा अनिवार्य विद्युतीय भुक्तानी प्रणाली लागु गर्ने भएको छ। सार्वजनिक सवारीलाई नगदरहित बनाउन भन्दै प्रदेश सरकारले प्रिपेड कार्ड मार्फत भाडा तिर्न मिल्ने पद्धति लागु गर्न लागेको हो।

यसका लागि प्रदेश सरकारले प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ बनाइसकेको छ। सरकारले सोही नियमावली सार्वजनिक सवारीमा सो पद्धति जडान गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बोलपत्र आव्हान समेत गरिसकेको छ।

साउन १५, २०७९ आइतबार २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।