
जनार्दन अर्थमन्त्री भएर फर्कँदा अर्थ सचिव आएनन् स्वागतमा
काठमाडौँ : जनार्दन शर्मा राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्री बनेर पुन मन्त्रालयमा फर्कँदा उनको स्वागतमा अर्थ सचिव मधु मरासिनी थिएनन्। आइतबार साँझ मन्त्रीको शपथसँगै उनी सिधै मन्त्रालय पुगेर पद ग्रहण गरेका थिए।
उनी मन्त्रालय पुग्दा अर्थ सचिव मरासिनी स्वागतमा थिएनन्। उनलाई राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा ल्याएर दर नै हेरफेर गर्न लगाएको शर्मामाथि आरोप लागेपछि मरासिनी बिदामा बसेका थिए। उनी बिदामा बसेकै दिन प्रतिनिधिसभाले असार २२ गते शर्मामाथि छानबिन गर्न विशेष संसदीय समिति गठन गर्यो। शर्माले राजीनामा दिए। अनि मरासिनी मन्त्रालय फर्किएका थिए।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरे। राष्ट्रपति विद्या भण्डारीले पनि आइतबारै नियुक्त गर्दै शपथ गराएकी थिइन्।
साउन १५, २०७९ आइतबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।