अर्थमा फर्किए जनार्दन, राष्ट्रपतिले गरिन् नियुक्ति

अर्थमा फर्किए जनार्दन, राष्ट्रपतिले गरिन् नियुक्ति

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। 

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न संलग्न गराएको आरोप लागेर छानबिन समिति बनेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको पुष्टि नभएको भन्दै प्रतिवेदन बुझाएको थियो। शर्मालाई सफाइ दिने नियतले कल डिटेल लगायतको पक्षको अनुसन्धान नगरेको भन्दै एमालेले फरक मत राख्दै आएको छ।

साउन १५, २०७९ आइतबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।