जनार्दन नै अर्थमन्त्री हुने खुलाए माओवादी नेता महराले

जनार्दन नै अर्थमन्त्री हुने खुलाए माओवादी नेता महराले

काठमाडौँ : माओवादी नेता कृष्णबहादुर महराले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने बताएका छन्। उनले शर्मामाथि आरोप लागेर छाडेको र संसदीय छानबिन समितिले प्रमाणित गर्न नसकेकाले अनि मन्त्रीमा दोहोरिने बताएका हुन्।

'आरोप लागेपछि उहाँले छाड्नु भएको हो। समितिले प्रमाण जुटाउन सकेन। उहाँ निर्दोष प्रमाणित भइसक्नुभयो,' उनले भने' समितिका केही सदस्यले फरक मत राखेका छन्। तर उहाँहरूले पनि प्रमाण देखाउन त सक्नुभएको छैन।'

प्रमुख प्रतिपक्षी दल एमालेको मागमा सभामुख अग्निप्रसाद सापकोटाले विशेष समिति बनाएका थिए। समितिको प्रतिवेदन सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गर्ने बताएका छन्।

त्यसबारे राखिएको जिज्ञासामा महराले छानबिन समितिबाट कुनै तथ्य प्रमाणित हुन नसकेको र  आविष्कार गरे पनि प्रमाण देखाउन नसकेकाले शर्मा नै अर्थमन्त्रीमा जाने उनले बताए।

अर्थमन्त्रीमा शर्मा बाहेक अन्य कोही नेता छैनन् माओवादीमा भन्ने जिज्ञासामा उनले भने' आरोप उहाँलाई लागेको हो। सफाइ पनि उहाँले पाएको हो। अन्य किन पठाउने ?'

साउन १५, २०७९ आइतबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।