'शिक्षा मात्रै हैन, अब व्यावहारिक शिक्षा'

'शिक्षा मात्रै हैन, अब व्यावहारिक शिक्षा'

काठमाडौं: शिक्षा कि व्यावहारिक शिक्षा? अहिलेको सबैभन्दा ठूलो बहसको विषय यही हो। साउथवेस्टर्न ग्रुपद्वारा सञ्चालित साउथवेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीका अनुसार यो कलेजको उद्देश्य नै शिक्षा भनेको ज्ञान, सिप, अनुसन्धान र समाजमुखी हुनुपर्छ भन्ने हो।

'अबको जमानामा शिक्षित जनशक्ति मात्रै होइन प्रतिस्पर्धा गर्न सक्ने शिक्षित जनशक्ति आवश्यक छ,' उनले भने, 'त्यसका लागि शिक्षा मात्रै हैन व्यावहारिक शिक्षा अहिलेको महत्त्वपूर्ण पक्ष हो।'
केसीका अनुसार विसं २०६७ मा स्थापित साउथवेस्टर्न स्टेट कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। जसको प्रतिफल हो, आईएसओ मान्यता प्राप्त कलेज हुनु।

साउथवेस्टर्न स्टेट कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीतर्फका विभिन्न विषयहरूमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुन्छ। जसमा बीबीएम, बीसीए, बीबीएस, बीएसडब्ल्यू, एमबीएस, एमए अङ्ग्रेजीका कार्यक्रमहरू सञ्चालित छन्।

अहिलेको बजारमा बलियो प्रतिस्पर्धी बन्न राष्ट्रिय मात्रै हैन अन्तर्राष्ट्रिय बजारमा समेत लायक हुन जरुरी छ। कलेजमा अध्ययन गर्ने विध्यार्थीहरू विश्व बजारमा जहाँ जाँदा पनि फिट गराउन कलेजले अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रमअन्तर्गत विश्वका १० वटा विश्वविद्यालय तथा १४ वटा संघसंस्थासँग सहकार्य गरेको छ।

'विध्यार्थीहरूलाई समाज बुझाउन हामीले नेपाल सरकार, स्थानीय सरकार, लायन्स, रोटरी, लिओ, रोट्रयाक्ट, जेसिस, मानवअधिकार, यूसेफ लगायतका दर्जनौँ सङ्घ संस्थाहरूसँगको सहकार्यमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यहरू गर्दै आएका छौँ,' केसीले भने।

उनले शिक्षा ज्ञान, सिप, अनुसन्धान र समाजमुखी हुनुपर्ने बताउँदै त्यसका लागि साउथवेस्टर्न कलेजले परियोजना कार्य, एक्सचेन्जिङ ब्रेन इन एक्सन, सिभिक एजुकेसन, पावरपोइन्ट प्रिजेन्टेसन, करिअर काउन्सिलिङ, सकारात्मक सोचको विकास, व्यक्तित्व विकाससम्बन्धी विभिन्न कार्यक्रमहरूमा जोड दिइरहेको बताए।

'यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइलाई थप व्यवस्थित, व्यावहारिक र प्रभावकारी बनाउन सहयोग पुर्या उने गरेको हाम्रो अनुभव छ। त्यसैले हामीले यसलाई पनि शैक्षिक क्यालेन्डरमा महत्त्व दिने गरेका छौँ,' उनले भने।

मासिक र त्रैमासिक पत्रिका प्रकाशन, नृत्य, गायन, हाजिरी जवाफ, वादविवाद, पब्लिक स्पिकिङ, साहित्य लेखन, ट्यालेन्ट हन्ट, चित्रकला, उद्घोषण तालिम लगायतका अतिरिक्त शैक्षिक क्रियाकलापसँगै बास्केटबल, टेबल टेनिस, फुटबल, क्रिकेट, ब्याडमिन्टन, चेस जस्ता खेलकुदमा पनि विध्यार्थीहरूलाई कलेजले प्रोत्साहित गर्ने गरेको छ।

विध्यार्थीहरूलाई सामाजिक काममा घुलमिल गराई प्रोत्साहित गर्न असहाय, प्राकृतिक विपद्बाट पीडित, बाल आश्रमका बालबालिका र वृद्धाश्रमका वृद्ध वृद्धाका लागि सहयोगका कार्यक्रमहरूमा सहभागी गराउन समेत कलेज व्यवस्थापन सक्रिय देखिएको छ।

'हाम्रो कलेजका विद्यार्थीहरू देशभित्रका मेडिकल, पारा मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चर, आईटी, व्यवस्थापन, निजामती सेवा, बैङ्क, आर्मी, पुलिस, पत्रकारिता, एनजीओ, आईएनजीओ र उद्यमशीलताका क्षेत्रमा अब्बल साबित भएका छन्,' उनले भने, 'विदेशमा अमेरिका, बेलायत, युरोप, अष्ट्रेलिया लगायतका देशहरूमा पुगेकाहरूले कलेजसँगै देशको ख्याति बढाउन समेत सक्षम भएको देख्दा खुसी लाग्छ।'

कलेजले शिक्षामा पुर्याएको योगदानकै कारण विभिन्न सरकारी, गैरसरकारी एवम् अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेको छ। यस कलेजका युवा वैज्ञानिकहरूले रुसमा आयोजित प्रतियोगितामा यूथ साइन्टिस्ट अवार्ड प्राप्त गर्न समेत सफल भएका छन्। केसी गुणस्तरसँगै व्यावहारिक शिक्षामा कलेजले दिएको प्राथमिकताका कारण यस्तो सफलता पाउन सम्भव भएको बताउँछन्।

कलेजको सामाजिक उत्तरदायित्व  र सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत प्रिन्सिपल, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई नेतृत्त्व विकास, विषयगत सक्षमता र पेसागत व्यावसायिकताका लागि एकेडेमिक लिडरसिप, प्याराडाइम सिफ्ट अन एजुकेसन प्रोग्रेसिफ स्कुल जस्ता शैक्षिक मुद्दामा तालिम, वर्कसप सेमिनार आयोजना गर्ने गरेको छ।

विद्यार्थीहरू एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स क्लब, रोबोटिक एन्ड कम्प्युटर साइन्स क्लब, म्याथ क्लब, पूर्व विद्यार्थी समाज, सामाजिक कार्य क्लब जस्ता संस्था र समूहमा सङ्गठित भएर सामूहिक कार्यमा समेत सहभागी छन्।

हाई स्कुल रिसर्च अपोर्च्युनिटी प्रोग्राम अन्तर्गत विद्यालयमा पढ्ने विद्यार्थीहरू अनुसन्धानमा सक्रिय हुनुपर्छ भन्ने मान्यताका साथ कलेजले विद्यालय तहका विद्यार्थीहरूलाई अनुसन्धानमा सक्रिय गराउँदै उनीहरूका अनुसन्धानमूलक लेखहरू जर्नलमा प्रकाशित गर्दै आएको केसीले जानकारी दिए।

'व्यवहारमैत्री, प्रविधियुक्त र विज्ञानसम्मत बनाउँदै शिक्षालाई देश, समाज र विकाससँग जोडिनुपर्ने भएकोले साउथवेस्टर्नले सिकाइमा विद्यार्थीको सैद्धान्तिक र व्यावहारिक पक्षको दूरीलाई कम गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम राखेको छ,' उनले भने।

यस्तै भूकम्प प्रतिरोधी भवन, आधुनिक, सुव्यवस्थित र मल्टिमिडियासहितका कक्षाकोठा, बायोलोजी, फिजिक्स, केमेस्ट्री, कम्प्युटर विज्ञान, होटेल म्यानेजमेन्ट, पत्रकारिता, व्यवस्थापनका अत्याधुनिक प्रयोगशालाहरू पनि कलेजमा उपलब्ध छ। 

'सुविधासम्पन्न पुस्तकालय, ई-लाइब्रेरी, अत्याधुनिक क्याफ्टेरिया, वातावरण अनुकूलित सेमिनार हल, खेलमैदान र अत्याधुनिक, आकर्षित तथा विद्यार्थीमैत्री भौतिक पूर्वाधारले गर्दा कलेज विद्यार्थीको छनोटमा परेको छ', केसीले भने।

OOO

आवेदनका लागि :  साउथवेस्टर्न स्टेट कलेज

साउन १५, २०७९ आइतबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।