हिटाचीले चार वटा उत्पादन बजारमा ल्याउँदै

हिटाचीले चार वटा उत्पादन बजारमा ल्याउँदै

काठमाडौं ः हिटाचीले आफ्ना चार वटा उत्पादन छिट्टै बजारमा ल्याउने घोषणा गरेको छ। हिटाचीले बजारमा ल्याउने उत्पादनहरुमा हिटाची माइक्रोवेभ ओभनका ४ मोडल, हिटाची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिटाची फ्रेन्च बटम रेफ्रिजरेटर र हिटाची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन्। 

हिटाचीले काठमाडौंमा कम्पनीका अधिकृत डिलर, हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिहरूको उपस्थितिमा मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गरी नयाँ उत्पादनका बारेमा जानकारी दिएको हो।

उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थामको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरुलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो।

साउन १५, २०७९ आइतबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।