लागूऔषधसहित एक बालक र युवक पक्राउ

मोरङः रतुवामाई नगरपालिका- ४ भद्रचोकबाट लागूऔषध र नियन्त्रित औषधीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका- ७ का एक जना बालक र सोही स्थानका १९ वर्षीय अभिषेक ओली रहेका छन्।
हिजो दिउँसो प्रहरी चौकी झुर्कियाबाट खटिएको टोलीले उनीहरूको साथबाट नाइट्रोभेट १० लेखिएको ३० ट्याबलेट, कोरेक्स एक बोतल, ट्रमाडोल हाईड्रोक्लोराईड ६६० ट्याब्लेट बरामद गरेको छ।
पक्राउ परेका दुवै जनामाथि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ।
साउन १५, २०७९ आइतबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।