सुनको मूल्य तोलामा दुई सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य आज ९५ हजार ३०० कायम छ।
आज चाँदीको मूल्य पनि बढेको महासङ्घले जनाएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ।
साउन १५, २०७९ आइतबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।