बालकुमारीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षका आशिषको मृत्यु

बालकुमारीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षका आशिषको मृत्यु

काठमाडौंः गए राति जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ललितपुरको बालकुमारीमा काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा९७प ३१४३ नम्बरको मोटरसाइकललाई गए राती १० बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका- ८ का ३१ वर्षीय आशिष लामाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो।

जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ।

साउन १५, २०७९ आइतबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।