
खोटाङको मत्तिम बिर्ता केन्द्रविन्दु भएर गयो ६ रेक्टर स्केलको भूकम्प

काठमाडौंः आज बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मत्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। यस्तै नेपालको पूर्वी भागमा भने कडा धक्का महसुस गरिएको बताइएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। यद्यपि कडा धक्का भएकाले मानवीय र भौतिक क्षति भएको हुनसक्ने आकलन गरिएको छ।
भूकम्पको केन्द्रविन्दु जिल्लाको मुख्य बजार दिक्तेलबाट तीन किलोमिटर पर रहेको बताइएको छ।
साउन १५, २०७९ आइतबार ०९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।