आज साउन १५, खिर खाने दिन

आज साउन १५, खिर खाने दिन

काठमाडौंः आज साउन १५ गते, नेपाली चलनअनुसार खिर खाने दिन। आज घर-घरमा खिर खाने चलन छ।

विशेषगरी पर्वते हिन्दूहरूले मनाउने यस चाडमा विवाह भएका छोरीचेली र ज्वाँइलाई निम्तो गरेर खिर खुवाउने गरिन्छ।

असारमा धान रोपेर सकेपछि र कृषि कर्मबाट व्यस्तता कम भएपछि खुशी मनाउन खिर खाने गरिएको विश्वास गरिन्छ। यस्तै वर्षाले कमजोर र रोग फैलाउन सक्ने अवस्थामा पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खिर खाने गरिएको बताइन्छ।

साउन १५, २०७९ आइतबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।