मगर संघको सभापतिमा दिनेश थापामगर

मगर संघको सभापतिमा दिनेश थापामगर

काठमाडौँ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर चयन भएका छन्।

नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सभापति भएका थापामगरले लोकतन्त्रमा आस्थावान् मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताएका थिए।

उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्ध समेत जनाएका थिए।

साउन १४, २०७९ शनिबार २२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।