
महाधिवेशन सकिएको आठ महिनापछि प्रेस सेन्टरले टुङ्ग्यायो पदाधिकारी, उपाध्यक्ष १९ जना

काठमाडौँ : माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालले अध्यक्ष छानेको आठ महिनापछि केन्द्रीय पदाधिकारी चयन गरेको छ।
२०७८ मङ्सिर १८ र १९ गते चितवनमा भएको १४ औँ महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा मात्र छानेको थियो। सात महिनापछि शनिवार जम्बो पदाधिकारी टोली चयन गरेको छ।
शुक्रवारबाट काठमाडौँमा जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले शनिवार ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो। बैठकले वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन गरेको छ।
सहमति जुटाउन उपाध्यक्षको भिड लगाएको छ। १९ जना उपाध्यक्ष छन्। महासचिवमा सन्तोष पौडेल चयन गरेको बैठकले १० जना उपमहासचिव र २७ जना सचिव चयन गरेको छ। कोषाध्यक्षमा डिल्ली मल्ल र सह-कोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन्।
साउन १४, २०७९ शनिबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।