शर्माबारे आएको प्रतिवेदन नमान्ने ओलीको घोषणा

शर्माबारे आएको प्रतिवेदन नमान्ने ओलीको घोषणा

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिनेगरी संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन अस्वीकार गर्ने बताएका छन्।

शनिवार राष्ट्रिय युवा सङ्घको कार्यक्रममा बोल्दै उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएको भन्दै समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन्।

समितिमा एमालेका ४ र बाँकी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीका सांसदहरू थिए। प्रतिवेदनमाथि एमालेका सांसदहरूले फरक मत राखेका छन्। प्रतिवेदनमा फरक मत समेत राखिएको छ।

एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाएर सफाइ दिएको दाबी गरेका थिए। उनले प्रतिवेदन तथ्यमा आधारित नभएको भन्दै यसलाई सबैले अस्वीकार गर्नुपर्ने बताए।

उनले समितिमा गठबन्धनले ७ जना आफ्ना राखेर बहुमतको आधारमा प्रतिवेदन तयार पारेको भन्दै त्यसै गर्ने हो भने त संसदमै हुन्छ र हुन्न गरेको भए भइहाल्ने टिप्पणी गरेका थिए।

साउन १४, २०७९ शनिबार १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।