मेचीपुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

झापाः मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका- ६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईनका हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चोकमा बस्ने ३५ वर्षीय नागेन्द्रकुमार यादव रहेका छन्।
हिजो दिउँसो साढे ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र-३-०१-०२४च ८००० नम्बरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट लागूऔषध ब्राउनसुगर दुई ग्राम ८०० मिलिग्राम फेला परेको थियो।
पक्राउ परेका दुवैमाथि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।
साउन १४, २०७९ शनिबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।