करका दरहरु हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

करका दरहरु हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक तथा बजेट निर्माणका क्रममा करका दरहरु हेरफेर भएको भनिएको विषयमा सत्यतथ्य छानविन गर्न गठित संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाएको छ।

समितिका तर्फबाट सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष समितिले तयार गरेको प्रतिवेदन पेस गरेका हुन्।

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि प्रतिनिधि सभा बैठक भने स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित गरेका हुन्।   

असार २२ गते गठन भएको समितिले आज प्रतिवेदन बुझाएको हो।

साउन १३, २०७९ शुक्रबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।