शुक्रबार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज एकैदिन तोलामा आठ सय रुपैयाँले मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० पुगेको छ। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९५ हजार १०० कायम भएको छ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा एक हजार २२० रुपैयाँ पुगेको छ।
साउन १३, २०७९ शुक्रबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।