बहुविवाह मुद्दामा पक्राउ परेकी युवतीलाई अस्पताल लैजाँदा प्रहरीका असईले बलात्कार गरेको आरोप

बहुविवाह मुद्दामा पक्राउ परेकी युवतीलाई अस्पताल लैजाँदा प्रहरीका असईले बलात्कार गरेको आरोप

बुटवलः बहुविवहा मुद्दामा पक्राउ परेकी युवतीलाई अस्पताल लैजाने क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविन चौलागाईंले बलात्कार गरेको आरोप लागेको छ। २० वर्षीया ती युवती राप्ती सोनारी गाउँपालिकाकी हुन्।

उनले कैलालीका २० वर्षीय पुरुषसँग विवाह गरेको भन्दै उनीविरुद्ध बहुविवाहको मुद्दा परेको थियो। अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई पक्राउ गरेको थियो।

पक्राउपछि स्वास्थ्य अवस्था चेकजाँच गर्न अस्पताल लैजाने क्रममा राति ११ बजे असई चौलागाईंले आफूमाथि जबरजस्ती करणी गरेको युवतीको आरोप छ। चौलागाईं र आरोप लगाउने युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले दुवै पक्षलाई बोलाइएको र छलफलपछि मात्र यथार्थ थाहा हुने बताए। उनले युवतीले असईमाथि आरोप लगाएको भने पुष्टि गरे।

‘यदि युवतीमाथि अन्याय भएको रहेछ भन्ने हामी न्याय दिन्छौ। उहाँलाई जाहेरी ल्याएर आउन भनेका छौँ। उहाँहरू आउँदै हुनुहुन्छ’, उनले भने।

साउन १३, २०७९ शुक्रबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।