माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापाः भद्रपुर नगरपालिका- ७ का ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ। माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको थियो।
झापा मेचीनगर नगरपालिका- ४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भवन बनाउने मजदूर राजवंशीलाई सोही निर्माणाधीन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो साँझ साढे ४ बजे करेन्ट लागेको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन १३, २०७९ शुक्रबार ११:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।