दुई लाख लुटेर भागेका दुई जना पक्राउ

काठमाडौंः जनकपुरधामबाट दिउँसै दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना पक्राउ परेका छन्। सबैला नगरपालिका–४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएकी शर्मिला देवीलाई लुटेर भाग्ने दुई जना बिहीबार पक्राउ परेका हुन्।
धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–७ का २० वर्षीय जीतेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेका छन्। विदेशबाट आएको दुई लाख गत सोमबार मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर फर्किदै गरेकी देवीलाई लुटेर उनीहरू फरार भएका थिए।
प्रहरीले जीतेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार नगद तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद गरेको छ। दुवैले रकम लुटेपछि भागबण्डा गरेका थिए।
धनुषा प्रहरीले उनीहरूको साथबाट प्रदेश२–०२–००५प ८५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
साउन १३, २०७९ शुक्रबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।