कञ्चनपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ

कञ्चनपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौंः चितुवाको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का  २९ वर्षीय मोहन सार्की पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवै जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो। दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ।

कृष्णपुर–३ मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

साउन १३, २०७९ शुक्रबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।