जनार्दन शर्मा प्रकरण: छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

काठमाडौंः संसदीय विशेष छानबिन समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाउने भएको छ। मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गराएको आरोप लागेपछि शर्मामाथि छानबिन गरिएको थियो।
बिहीबार समितिले 'अनधिकृत व्यक्ति आएको पुष्टि हुने प्रमाण फेला नपरेको' निष्कर्ष निकालेको प्रतिवेदन लेखेको थियो। आज सभामुख सापकोटालाई प्रतिवेदन बुझाउन समय मागिएको छ।
समितिले शर्मालाई क्लिनचिट दिने तयारी गरिरहँदा समितिमै रहेका एमालेका सांसदहरूले भने फरक मत राखेका छन्।
समितिले १७ दिन लगाएर यस प्रकरणको छानबिन गरेको थियो।
साउन १३, २०७९ शुक्रबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।