आजबाट सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिन पाइने

आजबाट सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिन पाइने

काठमाडौंः सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन पाइने भएको छ। कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि शेयर निष्काशन गरी आजबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।

आयोजना प्रभावितलाई बाँडेर बाँकी रहेको एक लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा सात लाख २१ हजार ६० कित्ता साधारण शेयर कम्पनीले निष्काशन गर्न लागेको हो। जसमध्ये पाँच प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओ भर्ने अन्तिम मिति साउन १७ गतेसम्म रहेको छ। आवेदकले न्यूनतम १० देखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयरएनपी डबल बी आईएस' रेटिङ दिएको छ।

साउन १३, २०७९ शुक्रबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।