विराटनगरबाटै लाइसेन्स वितरण हुने

विराटनगरबाटै लाइसेन्स वितरण हुने

काठमाडौंः प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ। प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए।

विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए। यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए।

प्रदेशमा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट चालक अनुमतिपत्र वितरण गर्ने गरिन्छ।

साउन १३, २०७९ शुक्रबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।