आज यी पाँच प्रदेशका केही स्थानमा भीषण वर्षा हुने

आज यी पाँच प्रदेशका केही स्थानमा भीषण वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच वटा प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ।

यतिबेला प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

आज राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

साउन १३, २०७९ शुक्रबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।