जनार्दन शर्माले क्लिनचिट पाउने सम्भावना, समितिले आरोप पुष्टि नभएको प्रतिवेदन लेख्यो

जनार्दन शर्माले क्लिनचिट पाउने सम्भावना, समितिले आरोप पुष्टि नभएको प्रतिवेदन लेख्यो

काठमाडौँ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउनेक्रममा अनधिकृत व्यक्तिहरूलाई मन्त्रालयमै बोलाएर करका दर हेरफेर गराएको आरोपको छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले 'अनधिकृत व्यक्ति आएको पुष्टि हुने प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ।

प्रतिवेदन लेख्न सक्काएको समितिका अधिकारीहरू उनीमाथि लागेको आरोप पुष्टि हुनसक्ने प्रमाण फेला नपरेको भन्दै क्लिनचिट दिने चरणमा पुगेका हुन्। त्यसमा समितिमा रहेका एमालेका सांसदहरूले भने फरक मत राखेका छन्।

जेठ १५ मा संसद्मा पेस भएको बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै एमालेले संसद्मा प्रश्न उठाएपछि शर्माले आरोप अस्वीकार गरेका थिए। सभामुखले विशेष समिति गठन गरेपछि उनले राजीनामा दिए पनि नयाँ अर्थमन्त्री नियुक्त गरिएको छैन। उनले क्लिनचिट पाएमा उनी नै अर्थमन्त्रीको रूपमा फर्कने सम्भावना बलियो देखिन्छ।

शर्मा, सिसिटिभी फुटेज, २२ जना सरोकारवालासँगको बयानका आधारमा 'जेठ १४ गते अनधिकृत व्यक्ति प्रवेश गरेको प्राप्त प्रमाणबाट पुष्टि हुन नसकेको' समितिको निष्कर्ष रहेकाले शर्माले क्लिनचिट पाउने सम्भावना बलियो छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले फरक राय दिँदै अपूर्ण अध्ययन भन्न माग गरेका छन्। 

साउन १२, २०७९ बिहीबार २३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।