बाबुरामले जसपामाहुँदै दर्ता गराएको पार्टीको नाम संशोधन गराए, केन्द्रीय समिति र ३५ जनाको

काठमाडौँ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाएका छन्।
स्थानीय निर्वाचन अगाडि नै जनता समाजवादी पार्टीमा खटपट भएपछि उनले आफू निकट पूर्व विद्यार्थी नेता दीपक लामिछानेको नाममा समावेशी पार्टी दर्ता गराएका थिए। आयोगले नाम संशोधन गर्न सहमति दिएसँगै पार्टीको चुनाव चिन्ह नयाँ शक्ति नेपालकै खुलेको एक आँखा पाएका छन्।
‘समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरिएको हो, संरचना विधान अनुमोदन भएपछि तय हुन्छ,’ भट्टराई निकट नेता डम्बर खतिवडाले उकेरासँग भने, ‘३०१ जनाको केन्द्रीय समिति र ३५ जनाको कार्यसमिति प्रस्ताव छ विधानमा छ।’
नयाँ विधान अनुसार पार्टी पुनर्गठन हुने उनले जानकारी दिए। पार्टीको अध्यक्ष अहिले लामिछानेनै छन्। उनले अध्यक्ष पद हस्तान्तरण गरेपछि मात्रै दोस्रो व्यक्ति चयन हुन सक्नेछन्।
जसपाले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेपछि उनी पार्टीविहीन भएका थिए। यो बिचमा माओवादी केन्द्र, एकीकृत समाजवादी र बामदेव गौतम मिलेर समाजवादी केन्द्रको गठन गर्ने छलफल चले पनि यसलाई मोर्चाको रूपमा मात्र अगाडि बढाउने सहमति भएपछि बाबुराम नयाँ पार्टीतिर लागेका हुन्।
साउन १२, २०७९ बिहीबार २३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।